२०८३ कार्तिक १४ शुक्रबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक १४ शुक्रबार

सर्लाहीका पत्रकारहरुले बुझाए सीडीओ र एसपीलाई ध्यानाकर्षण पत्र

 पत्रकार बख्तियार अलीमाथि मरणासन्न हुने गरी आक्रमण गर्ने व्यक्तिलाई कारवाहीको माग गर्दै सर्लाहीका पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

घटना भएको एक साता बितिसक्दा समेत अभियुक्त पक्राउ नपरेका भन्दै जिल्लाका पत्रकारहरुले यस घटनाप्रति गम्भीरता देखाई अभियुक्तलाई तत्काल पक्राउ गर्न माग राखी सुक्रवार दिउँसो प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ र प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । नेपाल पत्रकार महासंघ सर्लाहीका उपाध्यक्ष एवं एभिन्यूज टेलिभिजनका प्रतिनिधि अलीमाथि गत फागुन २७ गते आफ्नै भाई ईफ्तिखार अलीले हम्मरले आक्रमण गरी गम्भीर घाईते बनाएका थिए ।

घाईते पत्रकार अलीको अहिले सुमेरु अस्पताल, काठमाण्डौंमा उपचार चलिरहेको छ । स्वास्थ्य अवस्था खराब भएपछि उनलाई बिहिवार मात्रै थप उपचारका लागि काठमाण्डौं पु¥याइएको हो । पारिवारिक विवादका कारण घटना भएपनि ज्यानै लिने हिसाबले भएको यस घटनाका दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन जिल्लाका पत्रकारहरुले माग गरेका छन् ।

सीडीओ र एसपीलाई ध्यानाकर्षण पत्र बुझाउनुअघि बसेको पत्रकारहरुको बैठकले घाईते पत्रकार अलीको उपचारका लागि व्यक्तिगत रुपमा तथा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको नाममा रहेको अक्षय कोषको ब्याजबाट गरि १ लाख रुपैंया सहयोग गर्ने निर्णय समेत गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।